इटहरीः सुनसरीको क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेद्वार भगवती चौधरीको जितसँगै विजय जुलुसमा निस्किएका कार्यकता र नेपाली कांग्रेसका कार्यकर्ता बिच झडप भएको छ । 

दुहवी वडा नं ९ छातावेलीमा बुधबार दिउँसो नेकपा एमालेको विजय जुलुस निस्किएको बेला काँग्रेस कार्यकर्तासँग झडप भएको हो । 

दुवै समुहले एक अर्काको प्रतिकार गर्न थालेपछि   स्थिती नियन्त्रणमा लिन अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

सुनसरी क्षेत्र नं ३ मा प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाईं हराएर नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी थिइन ।  

सोही अवसरमा एमालेले विजय जुलुस निकालेर वडा नं ९ को छातावेली पुग्दा डीजे बजाएको र काँग्रेस कार्यकर्तालाई लक्षित गरेर रंग हालि दिएको विषयमा विवाद हुँदा  झडपको स्थिती आएको बताइएको छ ।  

 झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभूप्रसाद ढकालले पुष्टि गर्दै भीड नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताएका छ।न् 

काँग्रेसको  पकड क्षेत्र मानिएको दुहवी ९ मा  पछिल्लो समय त्यहाँ एमालेले आफ्नो सशक्त उपस्थिती देखाउँदै आएको छ। जसले गर्दा पनि झडप भएको स्थानीय दलका नेता बताउँछन् । एमाले उम्मेदवार भगवती चौधरीले कांग्रेसका गच्छादारलाई  ५ हजार १८८ मतान्तरले हराएर निर्वाचित भएकी हुन ।