काठमाडौँः  प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कुल १६५ स्थानमध्ये १७ स्थानमा विजय हासिल गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेशको प्रत्यक्षतर्फ भने हालसम्म ५५ स्थानमा विजय हासिल गरेको छ । 

 प्रदेश १ को प्रदेश सभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रले सात स्थानमा विजय हासिल गरेको छ । हालसम्म राजेन्द्र कार्की सङ्खुवासभा (क), गणेशप्रसाद उप्रेती मोरङ २ (क), जीवन आचार्य मोरङ ६ (क)मा निर्वाचित भएका छन् ।  त्यस्तै गोम्बु शेर्पा सोलुखुम्बु १ (क), बाबुराम गौतम ओखलढुङ्गा १ (ख), दुर्गाप्रसाद चापागाईं तेह्रथुम (ख) र नारायणबहादुर मगर उदयपुर २ (क)बाट निर्वाचित भएका छन् ।  प्रदेश १ को प्रदेश सभामा कुल ५६ स्थान रहेको छ । 

निर्वाचन आयोगका अनुसार मधेश प्रदेश सभामा प्रत्यक्षतर्फ माओवादी केन्द्र चार स्थानमा विजयी भएको छ । भरतप्रसाद शाह महोत्तरी १ (ख), फकिरा महतो सर्लाही ४ (ख), युवराज भट्टराई रौतहट ४ (क) र रहवर अन्सारी पर्सा १ (क)बाट निर्वाचित भएका छन् ।  मधेश प्रदेश सभामा कुल ६४ स्थान रहेको छ । 

त्यस्तै बागमती प्रदेश सभाको प्रत्यक्षतर्फ १४ सिटमा माओवादी केन्द्र विजयी भएको छ ।  तारानारायण श्रेष्ठ रामेछाप १ (क), युवराज चौलागाईं रामेछाप १ (ख), मातृकाप्रसाद भट्टराई सिन्धुली १, गङ्गानारायण श्रेष्ठ सिन्धुली २ (क), इन्द्रप्रसाद गोतामे रसुवा १ (ख), शालिकराम जम्कट्टेल धादिङ १ (ख), राधिका तामाङ नुवाकोट १ (क), रामप्रसाद ढुङ्गाना नुवाकोट २ (क)बाट निर्वाचित भएका छन् । 

 त्यस्तै रत्न ढकाल काभ्रे १ (क), युवराज दुलाल सिन्धुपाल्चोक २ (क), सरल सहयात्री पौडेल सिन्धुपाल्चोक १ (ख), प्रेमबहादुर पुलामी मकवानपुर १(क) र कुमारी मोक्तान मकवानपुर २ (क)बाट निर्वाचित भएका छन् ।  बागमती प्रदेश सभामा कुल ६६ स्थान रहेको छ । 

jhanda

यसैगरी गण्डकी प्रदेश सभामा चार सिट जितेको छ ।  कृष्णप्रसाद धिताल गोरखा १ (क), हरिबहादुर चुनाम तनहुँ १ –ख), हरिबहादुर भण्डारी म्याग्दी (क) र रेशमबहादुर जुग्जाली म्याग्दी (ख)बाट निर्वाचित भएका छन् ।  गण्डकी प्रदेशमा कुल ३६ स्थान छ । 

लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रले आठ स्थान जितेको छ । जोखबहादुर महरा रोल्पा १ (क), इन्द्रजित थारू दाङ १(क), कृष्णा केसी बाँके १ (क), तुलाराम घर्ती पाल्पा २ (ख), धनबहादुर मास्की दाङ ३ (ख)बाट निर्वाचित भएका छन् ।  त्यस्तै माओवादीका तीन जना बागी उम्मेदवार पनि विजयी भएका छन् ।  दीपेन्द्र पुन रोल्पा १ (ख), सरुल पुन रुकुमपूर्व १ (क) र खड्ग बस्नेत नवलपरासी २ (ख) निर्वाचित  भएका छन्  । लुम्बिनी प्रदेश सभामा कुल ५२ स्थान छ । 

यसैगरी कर्णाली प्रदेश सभामा नौ स्थान माओवादी केन्द्रले जितेको छ ।  भीमप्रकाश शर्मा सल्यान (क), वीरबहादुर शाही डोल्पा २, मङ्गलबहादुर शाही मुगु (ख), दुर्गबहादुर रावत कालीकोट (ख) र रनसिंह परियार हुम्ला (क)बाट निर्वाचित भएका छन् । त्यस्तै कृष्णबहादुर जीसी सुर्खेत १ (क) रविन्दमान विष्ट सुर्खेत २ (ख), महेन्द्र केसी रुकुमपश्चिम (क), राजकुमार शर्मा रुकुमपश्चिम (ख)बाट निर्वाचित भएका छन् ।  कर्णालीमा २४ स्थान कायम छ । 

कुल ३२ स्थान रहेको सुदूरपश्चिम प्रदेश सभामा नौ स्थानमा माओवादी केन्द्र विजयी भएका छन् ।  झपटबहादुर साउद अछाम १ (ख), अक्कलबहादुर रावल अछाम २ (क), भीमबहादुर भण्डारी बझाङ (ख), शिवसिंह ओली डोटी १ (ख), रमेशसिंह धामी कैलाली छ (क)बाट निर्वाचित भएका छन् ।  मानबहादुर धामी दार्चुला (ख), खगराज भट्ट डडेल्धुरा (क) र ओमविक्रम भाट कञ्चनपुर २ (क) बाट निर्वाचित भएका छन् ।