उदयपुरः उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा परराष्ट्रमन्त्रीसमेत रहेका बाम लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन् । 

आफ्ना प्रतिद्वन्द्वी नेकपा (एमाले) का मञ्जुकुमारी चौधरीलाई दुई हजार ३७९ मतान्तरले पराजित गर्दै परराष्ट्रमन्त्री डा. खड्का विजयी भएका हुन् । 

चौथो पटक प्रतिनिधि सभा सदस्यमा विजयी भएका डा.खड्काले ३१ हजार २७० मत प्राप्त गरे ।  उनकी प्रतिद्वन्द्वी एमालेका चौधरीले २८ हजार ८९१ मत प्राप्त गरिन् । 

गत २०७४ सालको निर्वाचनमा पनि सो क्षेत्रमा उनीहरुबीच नै प्रतिस्पर्धा भएको थियो । 

सो प्रतिस्पर्धामा कांग्रेसका डा. खड्का ३३ हजार १४२ मत ल्याएर विजय भएका थिए ।  चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरेकी थिइन् ।  

यस पटकको निर्वाचनमा उदयपुर क्षेत्र नं १ मा एक स्वतन्त्रसहित १६ जना उम्मेदबार प्रतिस्पर्धामा थिए ।