इटहरीः मोरङ्ग क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका जीवनाथ निरौलाले जम्मा ४ मत प्राप्त गरेका छन् । नरिवल चुनाव चिन्हबाट निर्वाचनमा होमिएका जीवनाथ स्वतन्त्र उम्मेदवार थिए । 

यसैगरी सोही निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार धर्म प्रसाद न्यौपानेले पनि ४ मत ल्याएका छन् । मौरी चुनाव चिन्हबाट निर्वाचनमा होमिएका निरौलाले ४ मत मात्र ल्याएका हुन । त्यस्तै पंकज कुमार भगतले पनि जम्मा २ मत पाएका छन् । चेसवोर्ड चुनाव चिन्हबाट निर्वाचनमा होमिएका भगतले २ मत पाएका हुन ।  यस्तै मोरङ्ग ३ बाटै चुनावमा होमिएका स्वतन्त्र उम्मेदवार चन्द्रकला खत्री र प्रकाश भट्टराईले जम्मा १ ÷१मत पाएका छन् । उनिहरुले आफ्नै मात्रै मत पाएका छन् । 

मोरङ  ३ बाट प्रतिनिधि सभामा सुनिल कुमार शर्माले ४८ हजार ६३१ मत ल्याउँदै जित हासिल गरेका थिए भने निकटतम प्रतिद्धन्दी भानुभक्त ढकालले २५ हजार ८९५ मत पाए । यो निर्वाचन क्षेत्रमा प्रतिनिधि सभामा ३१ ज्ना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा १९ जना स्वतन्त्र उम्मेदवार रहेका थिए ।