इटहरीः जिल्ला निर्वाचन आयोग सुनसरीले हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभामा उम्मेदवार बनेकाहरुलाई निर्वाचनमा भएको खर्च विवरण बुझाउन अनुरोध गरेको छ । 

आयोगले सोमबार एक सार्वजनिक सुचना जारी गर्दै निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण निर्वाचन आयोगलाई बुझाउन भनेको छ । 

 उम्मेदवारले निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामाग्रि, ढुवानी, अन्तक्रिया अन्य प्रचार प्रसार छापा एंव विद्युतीय र सामाजिक सञ्जालमा समेत भएर्का खर्च विवरण बुझाउनु पर्ने छ । 

उम्मेदवारले खर्च विवरण बुझाउँदा प्रयोग गरेको बैँकको नाम र जिम्मेवार पदाधिकारीको नाम समेत खुलाउन निर्वाचन आयोगको आग्रह छ । 

निर्वाचन प्रचार प्रसारको लागि कोणसभा वा आमसभा गर्दाको मन्चको तयारीको लाग लागेको खर्चको विवरण उम्मेदवार आफँे वा आफ्नो प्रतिनिधि मार्फत मतदान सम्पन्न भएको मितिले १५ दिनभित्र पेश गर्न भनेको छ ।