इटहरीः बैदेशिक रोजगारीको लागि खाडी मुलुक साउदी अरव पुगेका इटहरीका शुक्रबहादुर विक ८ बर्षदेखि साउदी अरवमा वेपत्ता बनेका छन् । 

बैदेशिक रोजगारीमा साउदी गएपछि जम्मा केही समयमात्रै परिवारको सम्पर्कमा आएका शुक्रले गएको २ महिनामै कम्पनी छाडेर गैह्रकानुनी भएको खवर परिवारलाई गराएका थिए । त्यसपछि शुक्र न त परिवारको सम्पर्कमा छन् न त कहाँ छन् भन्ने कोही परिवारका सदस्य र आफन्तलाई थाहा नै छ । 

श्ुाक्रका भजिता गजेन्द्रले हामीलाई खवर गरेपछि उनको घर इटहरी उपमहानगरपालिका वडा नम्बर १० स्थित डुमरटाका टोलमा पुग्दा परिवार नै स्तव्ध भेटियो । बावा विदेश जाँदैगर्दा भर्खरै ६ बर्षका छोरा अहिले १४ बर्षको भएका छन् भने १० बर्षकी छोरी अहिले १८ बर्ष पुगेकी छन् । उता कान्छो छोरा २ बर्षका थिए अहिले उनि पनि १० बर्षको भएका छन् । 

बाबु र आम्दानीको स्रोत दुवै नभएपछि न त छोराछोरी पढ्न पाएका छन् न त शुक्रबहादुरकी श्रीमती कुमारीलाई नै सुखको अनुभुति भएको छ । छ त पिर चिन्ता र श्रीमानको मायामात्रै । बाबुको अनुहार नै राम्रोसँग ठम्याउन नसक्ने कान्छा छोरा अभिशेकले बाबालाई चाँडै आउन अनुरोध गरे । उता जेठो छोरा अनमोल विक बाबाको कुरा गर्नासाथ रुन लागे भने छोरी अनिशाको आँखा ओवाउनै सकेनन् । 

खोटाङ्ग जिल्लाको साविक बुइपा गाविस वडा नम्बर ९ बस्ने शुक्रको परिवार उनि विदेश जानु भन्दा ३ बर्ष पहिलामात्रै इटहरी झरेको रहेछ । सन् २०१३ को मार्च महिनामा काठमाण्डौमा रहेको इनोभेटिभ मेनपावर मार्फत शुक्र साउदी अरव हानिएको परिवारको भनाई छ । 

अहिले मेन पावरमा खोजी गर्न पनि सो मेनपावर बन्द भइसकेको छ भने उनलाई पठाउने एजेन्ट सम्पर्कमै छैनन् । न त परिवारसँग शुक्रको पासपोर्ट डिटेल्स छ न त हालसालैको तस्विर छ त त्यहि स्टिल क्यामराबाट स्टुडियोमा खिचेको पुरानको कपि एक प्रति फोटो र नागरिकता । 

श्रीमती कुमारीले विदेश नजानु भन्दा भन्दै २ बर्ष कमाउछु अनि घरमै बस्छु भन्दै साउदी अरव भासिएका शुक्र अहिले कहाँ गए त कसैले आंकलन सम्मगर्न सकेका छैनन् । ‘घर बनाउँदाको केही ऋण थियो त्यहि ऋण तिर्छु भनेर जानु भएको अहिले सम्म केहि खोज अबर छैन साहुले घर पनि लगिसक्यो ।’ कुमारीले रुदैँ हामीलाई सुनाइन । 

श्रीमान लामो समयदेखि नफर्किएपछि कुमारीले धानमिलमा जागिर खान थालिन । उनि विहानै काममा जान्छिर साँझमा मात्रै घर फर्किन्छिन् । बाबाको माया र आमाको हेरचाह नभएपछि जेठि छोरी अनिशा र जेठो छोरा अनमोल अपाङ्ग जस्तै भएका छन् । पहिला राम्रो हिँडडुल र बोलचाल गर्ने अनिशा अहिले राम्रो बोल्न सक्दिनन् भने अनमोलको पनि खुट्टा राम्रो टेकिँदैनन् । आर्थिक अभाव झेलिरहेका यी बालबालिका २ जना इटहरीको जनता माविमा पढ्छन् भने कान्छो छोरा अभिषेक मनमोहन आधारभुत विद्यालयमा जान्छन् । 

छोराछोरीको ख्याल गर्न आफुसँग समय नै नभएको कुमारी विकले हामीलाई सुनाईन । शुक्र बहादुरका परिवारले शुक्रजहाँ भएपनि घर परिवारको सम्पर्कमा आइदिन र साउदी अरवमा रहेका सम्पुर्ण नेपालीहरु तथा नेपाली समुदाय साथै संघ संस्था र कुटनितिक निकायमा समेत शुक्रको बारेमा खोजी गरिदिन श्रीमती कुमारीले अनुनय गरेकी छन् । शुक्रलाई देख्ने तथा भेट्ने र उनको बारेमा केही थाहा हुने जो कोहीले उनको परिवारका सदस्यहरु कुमारी विक ९८१४३८३९४२ अमृत बहादुर विक ९८०४९५६४३८ र जैमल विक ९८०७९८७८८८ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।