धरानः सुनसरी क्षेत्र नं. १ पदेशसभातर्फ नेकपा (एमाले)का विजय कुमार राईले मतान्तर बढाएका छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अुनसार प्रदेशसभातर्फ कुल ३२ हजार ६ सय ३६ मतगणना गर्दा एमालेका राईले १० हजार ६ सय ६६ मत प्राप्त  गर्दै ४ हजार ५६ मतले अग्रता कायम राखेका छन् । 

राप्रपाका अनिश ढकालले ६ हजार ६ सय १० मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का रेवतीरमण राईले ४ हजार ५ सय ५८ मत प्राप्त गरेका छन् ।  स्वतन्त्र उम्मेदवार रोहित सुब्बा ४ हजार २ सय ८९ मत पाप्त गरेका छन् भने अर्का  हेमचन्द्र राईले २ हजार ६ सय २४ मत प्राप्त गरेका छन् ।