धरानः सुनसरी क्षेत्र नं. १ मा जनता समाजवादी पार्टीका अशोक राईले मतान्तर बढाउँदै लगेका छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७० हजार ७ सय २० मत गणना गर्दा राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ(सरिन) सँग ४ सय ८० मतान्तर बढाएका छन् । 

धरान धेरै वडामा अग्रता गरेकी रास्वपाकी तामाङलाई पछि पार्दै धरान पछिल्लो समय अग्रता बढाउँदै लगेका छन् । कार्यालय पछिल्लो मतपरिणाम अनुसार जसपाका राईले १५ हजार १ सय १४ मत प्राप्त गरेका छन् भने रास्वपाकी तामाडले १४ हजार ६ सय २९ मत प्राप्त गरेकी छन् । 

माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो (मुकेश)ले ११ हजार ५ सय ६२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार मनोज मेन्याङ्बोले ७ हजार १ सय ९० मत पाएका छन् । यसै गरी राप्रपाका उम्मेदवार अशोक राई अविरलले ७ हजार ३ मत प्राप्त गरेका छन् ।