इटहरीः मोरङ र झापाको छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

शनिबार  बिहान ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका(२ जय चोक स्थित पुर्व पश्चिम राजमार्गमा प्रदेश १–०२–००४० प  ७७८५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मिक्लाजुङ ७ मधुमल्लाका २५ बर्षिय मनिहाङ लिम्बुको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो । 

 सोही दिन बेलुका ६ बजे झापाको बिर्तामोड नगरपालिका ९ स्थित भित्री सडक खण्डमा धान बोकेको प्रदेश १–०१–००१ त ८४८९ नम्वरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा ट्याक्टरमा सवार रहेका बिर्तामोड ९ का ७२ बर्षीय बुद्धिराज श्रेष्ठ घाईते भई उपचारको लागी बिएण्ड सी अस्पताल विर्तामोड लगिएकोमा उनको अस्पताल पुराउन साथ मृत्यु भएको थियो । 

दुर्घटनामा संलग्न रहेका ट्रयाक्टर चालक ज्ञान बहादुर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।