पाँचथरः पाँचथर प्रदेश सभा १ निर्वाचन क्षेत्र १ बाट चुनाव जिते सँगै आफ्नो गृह क्षेत्र पुग्नु भएका कमलप्रसाद जबेगू लाई स्थानीयहरुले भव्य स्वागत गरेका छन् ।

चुनाव जितेसँगै शनिबार आफ्नो गृहक्षेत्र पाँचथरको फालेलुङ १ पुग्नु भएका जबेगूलाई स्थानीय समुदाय  संघ सघ संस्थाको तर्फबाट भव्य स्वागत तथा सम्मान गरेका थिए ।  फिदिम बजार वाट बिहान ११ वजे प्रस्थान गर्नुभएका जवेगु हिलीहाङ ६ र ७ सहित फालेलुङ १ का विभिन्न स्थानमा स्वत स्फूर्त रुपमा आयोजना गरिएका कार्यक्रमहरुमा सहभागि हुँदै बेलुका  ४ वजे गुृह क्षेत्र फालेलुङ १ खुँगा पुगेका थिए ।  

स्थानियहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको विभिन्न कार्यक्रममा नवनिर्वाचित प्रदेश सभा सदस्य जवेगुले सम्बोधन गर्दै सम्पूर्ण मतदाताहरु र गठबन्धनमा सहभागी राजनैतिक दललाईलाई धन्यवाद दिंदै मतदाताको आशा र अपेक्षा पुरा गर्ने प्रतिवध्दता जनाए । 

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरु सहित गठबन्धन दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका जिल्ला स्तरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

11669530660

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य तथा जिल्ला उपाध्यक्ष प्रेमप्रसाद रिजाल , नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य गणेश थाम्सुहाङ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सीता थेवे र राज्य समिति सदस्य टिका नेम्वाङ र फालेलुङ गाउँपालिकाका अध्यक्ष विरविक्रम थाम्सुहाङ लगायतले शुभकामना सहित सफल कार्यकालको शुभकामना दिए । 

नेकपा एकीकृत समाजवादी को तर्फबाट बाम लोकतान्त्रिक गठवन्धनको उम्मेद्वार बनेका  जबेगुले नेकपा एमालेका राजकुमार भण्डारीलाई ६ सय ३३ मतले पराजित पराजित गरेका थिए  ।  जबेगुले १६ हजार ८ सय ३७ मत र  निकटतम प्रतिद्वन्द्वी  भण्डारीले १६ हजार २ सय ४ मत ल्याएका थिए ।