इटहरीः  मंसिर ४ गते आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको ताजा मत परिणाम अनुसार सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वार भिम आचार्यले ४ हजार मतको अग्रता लिएका छन् । 

निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका सीताराम मेहतालाई ४ हजार मतले पछि पार्दै आचार्यले अग्रता लिएका हुन ।

करिव १२ हजार मत गणना हुन वाकि रहँदा नेकपा एमालेका भिम आचार्यले २६ हजार ५३९ मत पाएका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार सिताराम मेहताले २२ हजार ४५५ मत पाएका छन् भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार लाल विक्रम थापा छन् । थापाले हालसम्म १७ हजार ६५७ मत पाएका छन् ।