इटहरीः दोस्रो प्रयास पछि मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । 

२०७४ को निर्वाचनमा सोही क्षेत्रबाट हारेका कांग्रेसका उम्मेद्वार शर्माले दोस्रो प्रयासमा उनै उम्मेद्वार नेकपा एमाले उम्मेदवार भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

डाक्टर शर्माले ठूलो मतान्तरसहित ढकाललाई पराजित गरेर बदला लिएका छन्  ।  शर्मा नोबेल मेडिकल कलेज विराटनगर तथा काठमाण्डौ मेडिकल कलेज समेतका  सञ्चालक रहेका शर्माले विभिन्न समयमा स्वास्थ्य सेवा तथा सिविर संचालन गरेर सेवा समेत गरिरहेका थिए । 

317088809_1292710108246360_142997413618601065_n

शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी हासिल गर्दै गर्दा निकटतम प्रतिद्धन्दी बनेका भानुभक्त ढकालले २५ हजार ८९५ मत मात्रै पाए ।  राप्रपाबाट उम्मेदवार बनेकी रेखा थापाले १० हजार ९८८ मत ल्याएर तेस्रो बनेकी छन् । 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले ३१७२, मंगोल नेशनल अर्गनाइजेसनका बिकेन्द्र राईले १५२० मत पाएका छन् ।