पाँचथरः पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ ४७ मत अन्तरले  विजयी भएका छन् ।

नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई मात्र ४७ मत अन्तरले पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन् ।

 नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा कांग्रेसका आङदेम्वेले ३२ हजार ६३ मत ल्याए । एमालेका नेम्वाङ यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।