धरानः  सुनसरी क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(घण्टी)की प्रतिनिधिसभा सदस्य उम्मेदवार गोमा तामाङ (सरिन) ले १ हजार ५ सयले अग्रता लिईरहेकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयको यो समाचार तयार पर्दासम्ममा कुल ४२ हजार १ सय ९० मतगणना गर्दा तामाङले ८ हजार ५ सय ३८ प्राप्त गर्दै अग्रता लिएकी छन्  । उनी जसपाका अशोक राईभन्दा १ हजार ५ मतले अघि छिन । राईले अशोक ७ हजार ५ सय ३३ मत प्राप्त गरेका छन् । 

 माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो (मुकेश)ले ६ हजार ९ सय २४ मत प्राप्त गरेका छन् । राप्रपाका अशोक अबिरल राईले ४ हजार २ सय ९५ मत पाएका छन् । सो क्षेत्रको मतगणना जारी नै छ ।