इटहरीः संखुवासभाको प्रदेश सभा १ मा नेकपा एमालेका भविश्वर गुरुङ्गले ३४ मतले हारेका छन् । 

संखुवासभाको प्रदेश सभा (१) मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार राजेन्द्र कार्की १३ हजार ४ सय ३३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिष्पर्धीको  गुरुङ्गले ३४ मत कम ल्याएका हुन् ।

संखुवासभा प्रदेशसभा (१) मा  जनता समाजवादी पार्टीका सीताराम तिम्सिनाले ९ सय ९७ मत ल्याएका छन् । उता प्रदेश सभा २ मा प्रदेश सभा (२) मा नेकपा एमालेका विदुरकुमार लिंथेपको संभावना बढ्दै गएको छ ।