इटहरीः सुनसरी क्षेत्र नं १ को  प्रतिनिधिसभातर्फको ताजा मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ्ग( सरिन) ले आफ्नो अग्रता कायम राखेकी छन् । 

३९ हजार ६४२ मत गणना हुँदा सम्म गोमाले  १०४४ मतको अग्रता लिएकी छन् । 

कुल खसेको मत मध्ये ३९ हजार ६४२ मतगणना सम्पन्न हुँदा रास्वपाकी उम्मेद्वार गोमा तामाङ (सरिन)ले ७ हजार ९५२ मत पाएकी छिन् भने जसपाका उम्मेद्वार अशोक राईले ६ हजार ९०८ मत पाएका छन् । तामाङ भन्दा राई १०४४ मतले पछि छन् ।

यसैगरि, गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार मुक्सामहाङ सुब्बाले ६ हजार ५५० मत पाएका छन् भने मनोजकुमार मेन्याङ्बोले ५ हजार २९६ मत पाएका छन् । राप्रपाका उम्मेद्वार अशोक राईले ४ हजार १२७ मत, तर्कबहादुर मगरले २ हजार २४७, मातृकाप्रसाद भट्टराईले १४९३ मत प्राप्त गरेका छन् ।