धरानः सुनसरी निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (ख) मा एमालेका विजय राईले अग्रता लिएका छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल २ हजार ५ सय ४७ मतगणना गर्दा एमालेका राईले ७ सय ५२ मतले प्राप्त गर्दै अग्रता लिएका छन् । 

दोस्रोमा स्वतन्त्र उम्मेदवार हेमचन्द्र राई छन् । उनले ४ सय ३७ मत प्राप्त गरेका छन् । राप्रपाका अनिश ढकाल ४ सय ६ मत प्राप्त गर्दै तेस्रोमा छन्  ।  गठबन्धनका रेवतरमण राईले  ३ सय ९ मत प्राप्त गर्दै चौथोमा छन् । कांग्रेसमा विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका रोहित सुब्बा २ सय ३० मत प्राप्त गरेका छन् ।