धरानः सुनसरी क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) को अग्रता कायमै राखेकी छन् ।
निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो ३७ हजार ६ सय ३९ मतगणना गर्दा रास्वपाकी तामाङले ७ हजार ६ सय ३९ मत ल्याएकी छन् । जसपाका अशोक राई दोस्रो स्थानमा छन ।
उनले ६ हजार ३ सय ९७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो (मुकेश)ले ६ हजार २ सय ५मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्म्दवार मनोज कुमार मेन्याङबोले ५ हजार १ सय मत प्राप्त गरेका छन । राप्रपाका अशोक अबिरल राईले ४ हजार ४१ मत प्राप्त गरेका छन । सो क्षेत्रको मतगणना जारी नै छ ।