इटहरीः सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभाको ‘क’ तर्फ नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका रेवतीरमण भण्डारी विजयी भएका छन् ।

उनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका इटहरी उपमहानगरका निर्वतमान मेयर समेत रहेका द्धारिकलाल चौधरीलाई २६८० मत अन्तरले पराजित गरि विजयी भएका हुन् । 

 एमालेका भण्डारीले १४५२८ विजयी भए । गठबन्धनका चौधरीले ११८४५ मत प्राप्त गरेका छन् । राप्रपाका मोहन बहदुर खत्रीले ९३२२ मत र कांग्रेसबाट विद्रोह गरि स्वतन्त्र उम्मेदावरी दिएका दिपेन्द्र घिमिरेले ३२०८ मत प्राप्त गरेका छन् ।