इटहरीः मंसिर ४ गते आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको ताजा मत परिणाम अनुसार सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वार भिम आचार्यले अग्रता लिएका छन् । 

बिहिबार सम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार लाल बिक्रम थापाको अग्रता भएको यो क्षेत्रमा सुनसरीको देवानगन्ज र रामधुनी क्षेत्र आउनासाथ एमालेको अग्रता बढेको हो । 

ताजा मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार भिम आचार्यले १८ हजार १६० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार सिताराम मेहताले १५ हजार ५१५ मत पाएका छन् । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार लाल बिक्रम थापाको मत १४ हजार ८ सय छ ।  मतगणना कार्य सुनसरी जिल्ला सदरमुकाम इनरुवाको शिक्षा तालिम केन्द्रमा जारी छ ।