इटहरीः सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेद्वार जगदिश कुसियैतले १ हजार १ सय भन्दा बढि मतले अग्रता लिएका छन् । 

नेपाली कांग्रेसका उम्मेद्वार संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई १ हजार १७१ मतले पछि पार्दै कुसियैतले अग्रता लिएका हुन । 

शुक्रबार विहान सम्मको ताजा मत परिणाम अनुसार नेकपा एमाले उम्मेद्वार जगदिश कुसियैतले १७ हजार ४१८ मत पाएका छन्  । निकटतम प्रतिद्धन्द्धि नेपाली काग्रेसका उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्कीले १६ हजार २४७ मत ल्याएका छन् ।