इटहरीः नेकपा एमालेका उम्मेदवार तथा प्रदेश १ सरकारका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हराउँदै मोरङ क्षेत्र नम्बर ४ प्रदेशसभा (ख) मा विराटनगर महानगरपालिकाका पूर्र्वमेयर भिम पराजुली निर्वाचित भएका छन् । 

विराटनगर महानगरपालिकाका पूर्वमेयर पराजुलीले ११ हजार ४ सय ७९ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

दोस्रो स्थानमा रहेको पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले ९ हजार ६ सय ९१ मत प्राप्त गरेका छन् । पराजुलीले घिमिरेलाई ४ हजार ४ सय ८८ मतको अन्तरले पराजित गरेका हुन् ।