धरानः सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा तर्फ ‘क’ मा नेकपा एमालेका उम्मेदवार रमेश बस्नेतको विजय सुनिश्चित भएको छ । उनले १० हजार मत कटाएका छन् ।

  खसेको मतमध्ये ३७ हजार २२९ मतगणना सकिदा बस्नेतले १० हजार ५६१ मत पाएका छन् । उनी पछि नेपाली कांग्रेसका उमेश थापाको मत ९ हजार ३४५ रहेको छ । बस्नेत र थापाबीच १२१६ मतान्तर रहेको छ । 

अब धरानको वडा नं १९ को मात्र मतगणना बाँकी छ । वडा १९ मा खसेको मत २००४ रहेको छ । गएको स्थानीय निर्वाचनमा यो वडा पनि एमालेको प्यानल विजयी भएको कारण बस्नेतको मत राम्रो आउने अनुमान छ । यसले गर्दा एमाले उम्मेद्वार बस्नेत जित सुनिश्चित छ  । 

तेस्रो स्थानमा रहेको राप्रपाका उम्मेद्वार उद्धव श्रेष्ठले ८ हजार १७५ मत रहेको छ । स्वतन्त्र उम्मेद्वार समिर तामाङले ३ हजार ९८१ मत पाएका छन् ।