इटहरीः प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी गतगणना अनुसार सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले आफ्नो अग्रता बढाएकी छन् । 

श्ुाक्रबार बिहान सम्म भएको मतगणनाकोताजा परिणाम अनुसार नेकपा एमालेकी उम्मेद्वार भगवती चौधरीले ११ हजार ७१५ मत ल्याउँदा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार विजय कुमार गच्छादारले ७ हजार ३२३ मत पाएका छन् । 

यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले ५ हजार ४५७ मत ल्याएका छन् भने राप्रपाका उम्मेद्वारले १ हजार ३०८ मत पाएका छन् ।  अहिले गढी गाउँपालिका वडा नम्बर १ को मतगणना भइरहेको छ ।