इटहरीः मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भोजपुरबाट प्रतिनिधिसभामा सदस्यमा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् ।

नेकपमा एमालेका हेवी वेट मािनएका प्रदेश १ का पुर्व मुख्यमन्त्री समेत रहेका शेरधन राईलाई हराउँदै किरातीले जित निकालेका हुन । 

बिहीबार राति सकिएको मतगणना अनुसार गठबन्धनका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार  किरातीले २८ हजार ५७८ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईले २६ हजार १९३ मत पाए ।

सुदनले दुई हजार ३८५ मतान्तरले चुनाव जितेका हुन् । यो क्षेत्रबाट २०७४ सालमा सुदन नै निर्वाचित भएका थिए । शेरधन राई २०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित भएर प्रदेश १ को मुख्यमन्त्री बनेका थिए ।