इलामः  इलाम क्षेत्र नं २ को  (ख)मा प्रदेश सभाका लागि नेकपा (एमाले)का रामबहादुर रानामगर विजयी भएका छन्  । रानाले उनका निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार हर्क लावती (कान्छा)लाई २५ सय ७८ मतले पछि पार्दै विजयी भएका हुन् । 

रानाले १३ हजार ७५४ मत प्राप्त गरेका छन् । लावतीले भने ११ हजार एक सय ७६ मत प्राप्त गरेका छन् । निर्वाचित राना अघिल्लो पटक पनि प्रदेशसभा सदस्यमै क्षेत्र नं २ को (क) बाट निर्वाचित भएका थिए । 

राना प्रदेश १ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री समेत भएका थिए । एमालेको निवर्तमान अध्यक्ष राना अहिले एमालेको केन्द्रीय सदस्य छन् ।