इटहरीः राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको सुनसरी क्षेत्र नम्बर २ को ताजा मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता शुरु गरेको छ । 

मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको ताजा मत परिणाम अनुसार नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार भीमप्रसाद आचार्यले १५७ मतको अग्रता लिएका छन् । 

एमालेका आचार्यले ११ हजार ६० मत ल्याउँदा रास्वपाका उम्मेदवार लालबिक्रम थापाले १० हजार ९०३ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सीताराम मेहताले ८ हजार ३६७ मत प्राप्त गरेका छन् । 

हलसम्म इटहरी उपमहानगरको ७ वटा वडा र देवानगन्ज गाउँपालिकाका २ वटा वडाको मत गणना भइसकेको छ । ३७ हजार ८०२ मत गणना हुँदा यो परिणाम आएको हो ।