इटहरीः मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको ताजा मत परिणाम अनुसार मोरङ्ग क्षेत्र नम्बर ३ मा सुनिल शर्माले झण्डै दोब्वर मतको अग्रता कायम राखेका छन् । 

मत गणना शुरु भएदेखि नै अग्रता लिएका शर्माले ताजा परिणाम अनुसार २९ हजार ५०३ मत प्राप्त गरेका छन् । 

 उनका निकटतम प्रतिद्धन्दी बनेका नेकपा एमालेका उम्मेदवार भानुभत्त ढकालले १५ हजार २८३ मतले पछ्याइरहेका छन् ।

 राप्रपा उम्मेदवार रेखा थापाले हालसम्म ६ हजार ७८९ मत पाएकी छन् । मोरङ क्षेत्र नम्बर ३ को मत गणना बेलबारीमा जारी छ ।