धरानः सुनसरी क्षेत्र नं. १ प्रदेशसभा ‘क’ मा नेकपा एमालेका रमेश बस्नेतले अग्रता कायमै राखेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल २८ हजार ८१ मतगणना गर्दा एमालेका बस्नेतले ८ हजार ८२ मत ल्याएका छन् । कांग्रेसका उमेश थापा ६ हजार ९ सय ७७ मत प्राप्त गरेका छन भने राप्रपाा उद्दव श्रेष्ठले ६ हजार ३ सय ९० मत ल्याएका छन् । मतगणना जारी नै रहेको छ ।