फिदिमः पाँचथरको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)कमलप्रसाद जवेगू विजयी भएका छन् । नेकपा एमालेका राजकुमार भण्डारीलाइ ६ सय ३३ मत अन्तरले हराँउदै जवेगू प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
जवेगूले १६ हजार ८ सय ३७ मत प्राप्त गर्दा भण्डारीले १६ हजार २ सय ४ मत प्राप्त गरेका छन् । यस निर्वाचन क्षेत्रमा कुल ३९ हजार ९ सय ३३ मत खसेको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिए ।