धरानः सुनसरी क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल २६ हजार ४ सय ३३ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन)ले ५ हजार ७४ मत प्राप्त गर्दै अग्रता कायम राखेकी हुन् ।
जसपाका अशोक राईले ४ हजार ५ सय ६७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो (मुकेश)ले ४ हजार ४ सय २ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार मनोज कुमार मेन्याङ्बाले ३ हजार ६ सय ९६ मत प्राप्त गरेका छन् । सो क्षेत्रको मतगणना जारी नै छ ।