इटहरीः १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राई भोजपुरबाट प्रदेशसभाका लागि भारी मतान्तरले विजयी भएका छन् । 

भोजपुर प्रदेस ‘क’ बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका केन्द्रिय सचिव समेत रहेका राईले १६११० मत ल्याई विजयी भएका हुन् ।  निर्वाचन आयोगले विजयीको औपचारिक घोषणा केही बेरमा गर्दै छ । 

जम्ममा खसेको ३२४०९ मतमा राजेन्द्र कुमार राई १६११० गरे । नेकपा एमालेका उम्मेदवार हरि बहादुर राईले १२२२३ मा चित्तबुझाउनु पर्यो । राजेन्द्रले हरिबहादुरलाई  ३८८७ मतअन्तरले पराजित भएका हुन् ।