इटहरीः मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको ताजा मत परिणाम अनुसार सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ्गले अग्रता लिएकी छन् ।
बिहिबार बिहान ७ बजेसम्मको ताजा परिणाम अनुसार तामाङ्गले ४ हजार ६५० मत ल्याएकी छन् भने जनता समाजवादी पार्टीका अशोक राई दोस्रो स्थानमा आएका छन् । राईले हालसम्म ४ हजार २३६ मत पाएका छन् भने तेस्रो स्थानमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार छन् ।
माओवादी केन्द्रका उम्मेद्वार मुक्सहाङ्ग मेन्याङ्गवोले ४ हजार १८३ मत पाएका छन् भने नेकपा एमालेबाट विद्रोह गरी बागी उम्मेदवार बनेका मनोज कुमार मेन्याङ्गवोले ३ हजार ३२६ मत पाएका छन् । यता राप्रपाका अशोक कुमार राईको २ हजार ६१३ मत छ ।