पाँचथरः पाँचथरको प्रदेश सभा निर्वाचन क्षेत्र २ मा सत्ता गठवन्धनका साझा उम्मेद्वार इन्द्रवहादुर आङबो (मौसम) विजयी भएका छन ।

प्रतिश्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मत अन्तरले पराजित गर्दै आङबो दोस्रो पटक यस निर्वाचन क्षेत्रबाट विजयी भएका हुन ।

३४ हजार ७ सय १५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार ६ सय ७२ मत प्राप्त भएको छ ।

उनका प्रतिश्पर्धी एमालेका नेम्वाङले १२ हजार ६ सय ५ मत पाएका छन ।

पाँचथरको फिदिम नगरपालिका ११ घर भएका ४० बर्षीय आङबो २०७४ सालको आम निर्वाचनमा तत्कालिन बाम गठवन्धनका तर्फवाट यहि क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य रहेका आङबो एक नम्वर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री पनि हुन ।

उनी यस पटक माओवादी केन्द्र,नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी केन्द्रका तर्फवाट साझा उम्मेदवार थिए ।

उप बिजेता एमालेका नेम्वाङ नेकपा एमालेका केन्द्रीय सदस्य हुन । उनी २०७० सालमा नेकपा मालेका तर्फबाट संविधान सभा सदस्यमा पनि निर्वाचित भएका थिए ।