इटहरीः गत ४ गते सम्पन्न मत गणनाको परिणाम आउने क्रम जारी रहँदा नेपाली कांग्रेसको तर्फबाट हालसम्म प्रतिनिधि सभा सदस्यमा २१ जनाले जित निकालेका छन् । 

सबैभन्दा पहिला बिजय उत्सव मनाउन सफल भएका मुस्ताङ्गका योगेश गौचन थकाली हुन भने लगत्तै मनाङ्गबाट टेक बहादुर गुरुङ्गले जित निकाले यस्तै काठमाण्डौ क्षेत्र नम्बर १ बाट गणेशमान पुत्र प्रकाशमान सिहं विजयी बने भने लगत्तै गगन थापाले काठमाण्डौ क्षेत्र नम्बर ४ बाट तेस्रो ह्याट्रि गर्न सफल बने ।

 झापामा नेपाली कांग्रेशमा महामन्त्री समेत रहेका विश्वप्रकाश शर्माले भारी मतान्तरले जित हासिल गरे भने युवा नेता प्रदीप पौडेलले एमालेका खम्बा इश्वर पोखरेललाई पछि पादैै जित हासिल गरे । 

कठमाण्डौ ३ मा सन्तोष चालिसेले जिते भने काठमाण्डौ १० मा राजेन्द्र कुमार केसीले जित हासिल गरे । सुर्खेतबाट ह्दयराम थानी, पर्शाबाट रमेश रिजाल, तनहु २ बाट शंकर भण्डारी, डडेल्धुराबाट पार्टी सभापति समेत रहेका शेर बहादुर देउवाले सातौँ जित हासिल गरे । यस्तै ललितपुर १ बाट उदयशमशेर जवरा, रसुवाबाट मोहन आचार्य, कंचनपुर २ बाट एनपी साउद, कंचनपुर ३ बाट रमेश लेखक, भक्तपुर २ बाट दुर्लभ थापा, ओखल्ढुगाबाट रामहरि खतिवडा, सिन्धुपाल्चोकबाट मोहन बस्नेत, बर्दियाबाट किशोर सिंह राठौर र आछाम २ बाट पुस्कर शाहले हालसम्म जित निकालेका छन् ।