संखुवासभाः संखुवासभा जिल्लाको प्रतिनिधिसभा तर्फको पछिल्लो ताजा मतपरिणाम अनुसार सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका दिपक खड्का २ हजार बढी मतले अगाडि छन् । 

उनले  ८९५४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका राजेन्द्र प्रसाद गौतमले ६४७० मत प्राप्त गरेका छन् । उनिहरु बीचको मतान्तर २४५४रहेको छ । सो क्षेत्रको मतगणना जारी नै रहेको छ ।