इटहरीः गत ४ गते आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको ताजा मत परिणाम अनुसार शेखर कोइरालाले आफ्नो अग्रता कायम गरेका छन् । 

४८ हजार ३४० मत गणना भइसक्दा सम्म नेपाली कांग्रेसका उम्मेद्वार कोइरालाले १९ हजार ८७ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेद्वार लालबाबु पण्डितले १४ हजार १९७ मत ल्याएका छन् । 

मोरङ्गको बुढिगंगा गाउँपालिका र सुन्दर हरैँचा नगरपालिकाको वडा नम्बर २,३,४,५,६ र ७ को मत गणना भइसक्दा सम्म कोइरालाले ४ हजार ४९० मतले अग्रता लिएका छन् । सो क्षेत्रको मतगणना जारी नै छ ।