इटहरीः मंसिर ४ गते आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको ताजा मत परिणाम अनुसार सुनसरी २ ‘क’ प्रदेश सभामा नेकपा एमालेका उम्मेदवार रेवती रमण भण्डारीले आफ्नो अग्रता कायम राखेका छन् ।
इटहरी उपमहानगरको वडा नम्बर १,२,३,४,५ र १६ को मतगणना हुँदासम्म रेवती रमण भण्डारीले ८ हजार ३१७ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार मोहन बहादुर खत्रीले ५ हजार २४४ मत पाएका छन् ।
यता चासोका साथ हेरिएका सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार द्धारिकलाल चौधरीले ५ हजार ४३ मत पाउँदै तेस्रो स्थानमा संघर्ष गरिरहेका छन् ।
नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका दिपेन्द्र घिमिरेले हाल सम्म २ हजार ९६१ मत ल्याएका छन् । मतगणना कार्य सुनसरी सदरमुकाम इनरुवाको शिक्षा तालिम केन्द्रमा जारी छ ।