इटहरीः प्रदेश नम्बर १ को प्रदेशसभामा १२ जनाले विजय प्राप्त गरिसकेका छन् ।
जारी रहेको मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले प्रदेशसभा तर्फ ५ जना उम्मेदवारले विजय प्राप्त गरेका छन् । एमालेले ४ स्थानमा विजय प्राप्त गरेको छ । माओवादी केन्द्रले २ स्थानमा र राप्रपाले १ स्थानमा विजय प्राप्त गरिसकेको छ ।
मतपरिणाम अनुसार नेपाली कांग्रेसका झापा १(१) बाट उम्मेदवारी दिएका गोपाल तामाङ, झापा कै ३ (१) स्बाट उम्मेदवारी दिएका भूमिप्रसाद राजवंशी, मोरङ ५ (१) बाट उम्मेदवारी दिएका गयानन्द मण्डल गनगाईं, ओखलढुंगा १ बाट उम्मेदवारी दिएका प्रदिपकुमार सुनुवार र उदयपुर २(२) बाट उम्मेदवारी दिएका रामकुमार खत्री प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
त्यसैगरि नेकपा एमालेबाट सोलुखुम्बु २ बाट उम्मेदवारी दिएका बुद्धिकुमार राजभण्डारी, मोरङ ४ (१) बाट उम्मेदवारी दिएका जयप्रकाश चौधरी,झापा २ (१) बाट उम्मेदवारी दिएका एकराज कार्की र झापा २(२) तिलचन पाठक प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
प्रदेश १ को प्रदेशसभाका लागि नेकपा (माओवादी केन्द्र)बाट ओखलढुंगा २ बाट उम्मेदवारी दिएका बाबुराम गौतम र उदयपुर २ (१) बाट उम्मेदवारी दिएका नारायणबहादुर मगर विजयी भएका छन् ।
राप्रपाको तर्फबाट प्रदेशसभाका लागि झापा १(२) बाट उम्मेदवारी दिएकी सविना बजगाईं प्रदेशसभा सदस्यमा विजयी भएकी हुन् । अन्य निर्वाचन क्षेत्रको मतगणना जारी नै रहेको छ ।