धरानः सुनसरी क्षेत्र नं १ प्रदेशसभा ‘क’ मा एमालेका रमेश बस्नेतले मतान्तर बढाएका छन् ।

सुनसरी क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयका पछिल्लो मतपरिणाम अनुसार १९ हजार ७ सय ७९ मतगणना हुँदा बस्नेतले ७ सय  ९० मतले अघि छन् ।

 बस्नेतले ५ हजार ९ सय ९८ मत प्राप्त गरेका छन् भने गठबन्धनका उमेश थापाले ५ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । 

राप्रपाका उद्दव श्रेष्ठले ४ हजार ८० मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयका अनुसार धरान वडा नं ८  को मतगणना हुँदै गर्दा प्रत्यक्षको ९ मत  हराएपछि करिब २ घण्टा मतगणना रोकिएको थियो । 

विवाद समाधान भएपछि मतगणना ७ बजेदेखिमात्रै मतगणनासुरु भएको छ ।