धरानः सुनसरी क्षेत्र नं  १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) ले अग्रता लिएकी छन् । 

सुनसरी क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय पछिल्लो १९ हजार ९ सय ६३ मतगणना अनुसार रास्वपाका ८७ मतले अग्रता लिएकी हुन् । 

माओवादी केन्द्रका मुक्सामहाङ (मुकेश)ले ३ हजार ६ सय मत प्राप्त गरेका छन् ।  जसपाका अशोक राईले ३ हजार ३ सय ७५ मत प्राप्त गरेका छन भने स्वतन्त्र उम्मेदवार मनोज कुमार मेन्याङ्बोले २ हजार ५ सय ४२ प्राप्त गरेका छन्  । राप्रपाका अशोक अविरलले राईले १ हजार ९ सय ५१ मत प्राप्त गरेका छन् । सो क्षेत्रको मतगणना जारी नै रहेको छ ।