इटहरीः सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तर्फको ताजा मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी( घण्टी)का उम्मेदवार लालबिक्रम थापाले अग्रता कायमै राखेका छन् । उनि १६२४ मतले अगाडि छन् । 

इटहरी वडा नम्बर १,२, ३ र ४ को १६७२५ मत गन्दा थापाले ६१९१ मत प्राप्त गरेका छन् ।  नेकपा एमालेका भीमप्रसाद आर्चायले ४५६६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सीताराम मेहताले  २८९५ मत प्राप्त गरेका छन् ।