धरानः  सुनसरी क्षेत्र नं १ मा लोकतान्त्रिक बाम गठबन्धनका मुक्सामहाङ मेन्याङ्बो (मुकशे)ले स्वतन्त्र उम्मेदवार मनोज कुमार मेन्याङ्बो भन्दा दोब्बरले अग्रता लिएका छन्  भने एमाले जसपाका अशोक राईले पछ्याउँदै छन्। 

सुनसरी क्षेत्र नं १ को निर्वाचन अधिकृतका कार्यालययको ताजा मतपरिणामअनुसार  कुल १५ हजार ५ सय १० मतगण्ना गर्दा मेन्याङ्बोले ३ हजार १ सय ७५ मत प्राप्त गरेका छन् । एमाले जसपाका अशोक राईको २ हजार ७ सय ६४ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सरिन तामाङ ( गोमा) ले २ हजार ४ सय २८ मत प्राप्त गरेका छन् । 

स्वतन्त्र उम्मेदवार मनोज कुमार मेन्याङ्बोले १ हजार ६ सय ७२ मत प्राप्त गरेका छन । यस्तै राप्रपाका अशोक अबिरल राईले १ हजार ५ सय ९४ मत प्राप्त गरेका भने अर्का स्वतन्त्र उम्मेदवार मातृका प्रसाद भट्टराईले १ हजार २ सय ९१ मत ल्याएका  छन् ।

मतगणना गर्दा विवाद उत्पन्न भएपछि सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणना कार्य राती झण्डै ६ घण्टा रोकिएको थियो । धरान वडा नं ६ को मतगणना सकिएर गणक कर्मचारी र उम्मेद्वारका प्रतिनिधिहरुको मत ट्याली गर्दा ५ मत फरक देखिएपछि विवाद भएको थियो ।
गठबन्धनका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोको मत फरक देखिएको थियो । यो विवादले राती १ बजेदेखि बिहान ६ बजेसम्म मतगणना रोकिएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बिहान ६ बजेपछि भने विवाद समाधान भएर मतगणना सुचारु भएको थियो ।