इटहरीः सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा तर्फको ताजा मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार जगदिश कुसियैतले सरकारका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ६६६ मत अन्तरले पछाडि पारेका छन् ।
हालसम्म भएको मतगणनाको परिणाम अनुसार एमालेका कुसियैतले ६४७३ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादर कार्की ५८०७ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा मतगणना जारी नै रहेको छ ।