ओखलढुङ्गाः ओखलढुङ्गा प्रदेश सभा क्षेत्र ‘ख’ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रदेश सभाको उम्मेदवार बाबुराम गौतमले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ज्ञानबहादुर खड्कालाई एक हजार ९६ मतले पराजित गर्दै विजयी भएका हुन् ।
गौतमले १५ हजार सात ३८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार खड्काले १४ हजार छ ४२ मत प्राप्त गरेका छन् । ओखलढुङ्गा तर्फ दुवै क्षेत्रको मत गणना सकिएको छ ।
प्रदेश क्षेत्र ‘क’ मा नेपाली कांग्रेसका प्रदिप कुमार सुनुवार विजयी भएका छन् । प्रतिनिधि सभा तर्फको मतगणना भइरहेको छ । प्रतिनिधि सभा तर्फ पनि नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा नेकपा एमालेका यज्ञराज सुनुवार भन्दा तीन हजार सात सयले अगाडी छन् ।