इटहरीः सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा तर्फको ताजा मतपरिणाम अनुसार नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले अग्रता कायमै राखेकी छन् । 

इटहरी उपमहानगरपालिका  वडा नं ६, ७ र ८ को मतगणना सम्पन्न हुँदा सम्म एमालेकी चौधरीले २७११ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले २३६८ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले १७३२  मत प्राप्त गरेका छन् ।  सो क्षेत्रको मतगणना जारी नै रहेको छ ।