इटहरीः सुनसरीको निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा निर्वाचन तर्फको ताजा मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी)का उम्मेदवार लालबिक्रम थापाले मतान्तर बढाउँदै गएका छन् ।
इटहरी उपमहानगरपालिका वडा नम्बर १, २ र ३ को ११,८१३ गन्दा लालविक्रम थापा ४०५९ मत प्राप्त गरेका छन् ।
एमालेका उम्मेदवार भीमप्रसाद आचार्य ३१४७ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार सीताराम मेहताले २१२२ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवारले ७७५ मत प्राप्त गरेका छन् । सो क्षेत्रको मतगणना जारी नै रहेको छ ।