इटहरीः सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तर्फको हालसम्म गरिएको ८९५३ मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका(घण्टी) उम्मेदवार लालबिक्रम थापाले नै अग्रता लिएका छन् ।
उनलाई एमालेका भीमप्रसाद आर्चायले पछ्याईरहेका छन् । नेपाली कांग्रेसका सीताराम मेहता तेस्रो स्थानमा छन् । आयोगले दिएको जारी मतगणनाको पछिल्लो मत विवरण अनुसार थापाले ३३१२ मत प्राप्त गरेका छन् ।
एमालेका भीमप्रसाद आचार्य २४११ मत प्राप्त गरेका छन् । कांग्रेसका सिताराम मेहता १६०१ म्त ल्याएका छन् । बदर मत ३३५ रहेको छ ।
सुनसरी २ कै प्रदेशसभा तर्फको ‘क’ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका रेवतीरमण भण्डारीले अग्रता लिएका छन् । भण्डारीले १८०४ मत प्राप्त गरेका छन् । कांग्रेसबाट बिद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका दिपेन्द्र घिमिरेले १६३१ म्त प्राप्त गरी दोस्रो स्थानमा आफुलाई अगाडि बढाईरहेका छन् ।
सत्ता गठबन्धनका माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका द्वारिकलाल चौधरीले १२७४ मत प्राप्त गरेका छन् । उनि हालको मतपरिणाम अनुसार तेस्रो स्थानमा छन् । तिर्थ गुरगाई (साईकल)ले २३४ मत प्राप्त गरेका छन् । सन्तोष रेग्मीले ८६ मत ल्याएका छन् । यो परिणाम इटहरी उपमहानगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सम्पन्न गर्दाको हो । सो क्षेत्रको मतगणना जारी नै छ ।