धरानः सुनसरी क्षेत्र नं.१ मा लोकतान्त्रिक बाम गठबन्धनका मुक्सामहाङ मेन्याङ्बो (मुकशे)ले अग्रता कायमै राखेका छन् । उनले एमाले जसपाका  अशोक राईभन्दा ५ सय ६० मतले पछि पाछि पारेका छन् ।    स्वतन्त्र उम्मेदवार मनोज कुमार मेयाङ्बो चौथो स्थानमा छन् । 

सुनसरी क्षेत्र नं.१ को निर्वाचन अधिकृतका कार्यालययका अनुसार  कुल १० हजार ४ सय ७ मतगणना गर्दा मेन्याङ्बोले २ हजार ४ सय ६३ मत पा्रप्त गरेका छन् । उनले एमाले जसपाका अशोक राईभन्दा ५ सय ६० मतले अग्रता लिएका छन् । जसपाका अशोक राईले १ हजार ९ सय ३ मत प्राप्त गरेका  छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सरिन तामाङ ( गोमा) ले १ हजार ८ सय ४८ मत प्राप्त गरेकी छन् । 

स्वतन्त्र उम्मेदवार मनोज कुमार मेन्याङ्बोले १ हजार ३ सय १ मत प्राप्त गर्दै चौथो स्थानमा छन् । राप्रपाका अशोक अबिरल राईले १ हजार १ सय ८४ मत ल्याएका  छन् । सो क्षेत्रको मतगणना जारी नै रहेको छ ।