इटहरीः सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा तर्फको ताजा मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार जगदिश कुसियैत अगाडि देखिएका छन् ।
उनले सरकार सूचना तथा सञ्चारमन्त्री गठबन्धनका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीलाई २५० मतले पछाडि पार्दै अग्रता बढाएका हुन् । कुसियैत ४१७४ मत प्राप्त गरे । कुसियैत १ नम्बर प्रदेशका निर्वतमान पर्यटन मन्त्री समेत हुन् । कांग्रेसका ज्ञानेन्द्रबहादर कार्की ३९२४ मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा मतगणना जारी नै छ ।